टेस्ट क्रिकेटमा अफगानिस्तानकाे ऐतिहासिक जित

 चैत ४, २०७५ सोमबार १४:३७:२९ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित हासिल गरेकाे छ । आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले पहिलाे टेस्ट  खेल जितेकाे हाे ।

पहिले ब्याटिङ गरेकाे आयरल्यान्डले पहिलो पारीमा मात्र १ सय ७२ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले ३ सय १४ रन बनाउँदै १ सय ४२ रनको अग्रता बनाएकाे थियाे । त्यसपछि दोस्रो इनिङमा आयरल्यान्ड मात्र २ सय ८८ रनमा समेटिएपछि अफगानिस्तानले १ सय ४७ रनको लक्ष्य पाएको थियो । जुन लक्ष्य अफगानिस्तानले तीन विकेट गुमाउदै पूरा गर्‍यो ।

अफगानिस्तानकाे जितमा दुवै इनिङमा राहमत शाहले उत्कृष्ट ब्याटिङ गरे । पहिलाे पारीमा ९८ रन बनाएका उनले दाेस्राे पारीमा ७६ रनकाे याेगदान गरे । यस्तै इहसनुल्लाह जानत ६५ रनमा अविजित रहे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया