लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा आज पनि संसद अवरुद्ध

 चैत ४, २०७५ सोमबार १४:४३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । 

पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । 

सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद अनिल कुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।

पटक–पटक सभामुखले आसन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाईरहेपछि सभामुखले बैठक दश मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

राजपाका सांसदको अवरोधका कारण आइतबारको बैठक पनि प्रभावित भएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया