राष्ट्रिय खेलकुद चैत २५ गतेबाट सुरु हुने

 चैत ४, २०७५ सोमबार १७:३:१० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यहि चैत २५ गतेबाट नेपालगञ्जमा सञ्चालन हुने भएकाे छ । यस खेलकुद प्रतियोगिताको मिडिया सेन्टरकाे सोमबार उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले यही चैत २५  देखि ३० गतेसम्म ८ औं राष्ट्रिय खेलकुदको मिति तोक्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ को कार्यालयमा कार्यकक्ष बनाएको केही दिनमै मिडिया सेन्टर सञ्चालन गरिएको हो । बजेट निकासाका लागि सदस्य सचिव विष्ट केही दिन राजधानीमा व्यस्त रहे पनि नेपालगञ्जबाटै कार्यालय संचालन गर्ने प्रवक्ता रोहित दाहालले बताउनुभयो ।

राखेपको कार्यकारी  समितिले राष्ट्रिय खेलकुदको मिति प्रस्ताव गरिसकेको  भए पनि बोर्ड बैठकले अन्तिम निर्णय गर्न बाँकी रहेको बिष्टले बताउनुभयो ।  

राष्ट्रिय खेलकुद चैत २५ देखि सुरु हुने भए पनि केही खेलहरु भने चैत २० गतेदेखि नै सञ्चालन गर्न लागिएको सदस्य सचिव बिष्टको भनाइ छ । भलिबल, बास्केटबल लगायतका केही खेल औपचारिक उद्घाटन भन्दा अगाडि नै सञ्चालन हुने बिष्टले बताउनुभयाे ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया