रिक्सासँग मोटरसाइकल ठोक्किँदा बालाजुमा एकजनाको मृत्यु

 चैत ५, २०७५ मंगलबार ७:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको ज्यान गएको छ । 

सोमबार राति बा ७५ प ३७२२ नम्बरको मोटरसाइकल रिक्सामा ठोक्किँदा मोटरसाइकल पछाडि सवार काठमाण्डौको रानीबारी बस्ने काभ्रेका ३६ वर्षीय हरि श्रेष्ठको ज्यान गएको हो । 

मोटरसाइकल चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया