अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि सहयाेग जुटाउन मातृभूमि कप, कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रकाे टिम खेल्ने

 चैत ५, २०७५ मंगलबार १३:४५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि फण्ड जुटाउने उद्देश्यले च्यारिटी खेल आयोजना गरिने भएको छ ।

निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनले आउँदाे २३ गते त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र नेपाल ‘बी’ का बीचमा ‘मातृ भूमि कप’ मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ‘ए’को नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्का र ‘बी’को नेतृत्व उप-कप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन् ।

त्यसअघि कलाकारहरुका बीचमा पनि प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए । प्रतियोगिता हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । जसमा टिकटकाे मूल्य ३ हजार एक सय तोकिएको पनि जनाइएको छ । 

पारसले कप्तानी गरेको टिम ‘ए’मा सरद भेषावकर, अनिलकुमार साह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहोरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनिल धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन् ।

यसैगरी ज्ञानेन्द्रले कप्तानी गर्ने टिम ‘बी’मा विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भीम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथ र प्रदीप ऐरी रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया