भन्सालीको फिल्ममा २० वर्षपछि सलमान, आलिया भट्ट मुख्य अभिनेत्री

 चैत ५, २०७५ मंगलबार १५:२४:२० | एजेन्सी
unn.prixa.net

पछिल्लो केही समययता सञ्जयलीला भन्साली उनको आगामी फिल्म ‘इन्शाल्लाह’ का कारण चर्चामा छन् ।

केही दिनअघि यस फिल्मका लागि अभिनेता सलमान खान फाइनल भएको खबर सार्वजनिक भएका थिए । यसअघि सञ्जय लीला भन्साली र सलमान खानले सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ मा एक साथ काम गरेका थिए । 

२० वर्षपछि सलमान खान र सञ्जयलीला भन्साली फेरि एकसाथ काम गर्ने भएका छन् । यसका साथै यस फिल्ममा सञ्जयलीला भन्सालीले सलमन खानकी हिरोइन पनि फाइनल गरिसकेका छन् । फिल्म ‘इन्शाल्लाह’मा आलिया भट्ट मुख्य अभिनेत्री हुने पक्का भएको छ । दर्शकले अब यस फिल्ममा ५३ वर्षीय सलमान खान र २६ वर्षीया अभिनेत्री आलिया भट्टबीचको रोमान्स हेर्न पाउनेछन् । 

उमेरमा सलमान खान र आलिया भट्टबीच २७ वर्षको अन्तर रहेको छ । आलिया  भट्ट र सलमान खान पहिलो पटक एकसाथ स्क्रिन सेयर गरिरहेका छन् । आलिया भट्ट सोमबार आधी रातमा संजय लीला भन्सालीको कार्यालय गएकी थिइन् । त्यसको भोलिपल्ट अर्थात आज मंगलबार आलिया यस फिल्मको लागि फाइनल भएको खबर सार्वजनिक भएको हो । 

सलमान खानले उनको यस फिल्ममा अभिनेत्री आलिया भट्ट फाइनल भएको कुराको जानकारी आफ्नो ट्विटर ह्याण्डलमाफर्त दिएका छन् । यसका साथै अभिनेत्री आलिया भट्टले पनि ट्वीट गर्दै ‘इन्शाल्लाह’ को यात्रामा सञ्जय  र सलमान खानका साथ काम गर्ने पाउने कुराले धेरै खुशी भएको बताएकी छिन् ।

 

 

फिल्म ‘इन्शाल्लाह’ मा अभिनेता शाहरुख खानको केमियो रहने खबर पनि सार्वजनिक भएका छन । यस फिल्मको छायाँकंन ‘दबंग ३’ पछि सुरु हुनेछ । फिल्म ‘इन्शाल्लाह’ को निर्माण सलमान खान र सञ्जयलीला भन्साली मिलेर गर्नेछन् । 
 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया