दीपिका पादुकोणले रणबिर कपूरलाई भेट्दा फ्यानले भने : रणवीर सिंहलाई बिर्सिदेउ

 चैत ५, २०७५ मंगलबार २०:३४:१३ | एजेन्सी
unn.prixa.net

अभिनेत्री दीपिका पादुकोण र रणबिर कपूरको अनस्क्रिन जोडीलाई दर्शकले निकै मन पराउँछन् । केहीले त दीपिका र रणबिरको विवाह नै होस् भन्ने पनि चाहेका थिए । कुनै समय एक-अर्काको गहिरो प्रेममा रहेका दीपिका र रणबिरको पछि आपसी असमझदारीका कारण सम्बन्ध टुटेको थियो ।

यी दुवैका फ्यानहरु दीपिकाले अर्का अभिनेता रणवीर सिंहका साथ विवाह हुनु अघिसम्म दीपिका र रणबिर कपूरको पुनर्मिलन हुन सक्ने अनुमान लगाउने गर्थे । तर त्यो कुरा सम्भव हुन नसके पनि दीपिका र रणबिर कपूरबीचको मित्रताको सम्बन्ध आजसम्म प्रगाढ नै छ । 

हालै दीपिका पादुकोण र रणबिर कपूर एक विज्ञापनको छायाँकंनका लागि सँगै देखिएका थिए । छायाँकंन सकेर सेटबाट फर्कने क्रममा दीपिका र रणबिरले एकअर्कालाई नजिकका साथीहरुझैं अँगालो हाल्दै गुडबाई किस गरेका तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।  

दीपिका पादुकोण र रणबिर कपूर आ–आफ्नो सम्बन्धमा अगाडि बढीसकेका छन् । दीपिकाले अभिनेता रणविर सिंहका साथ विवाह गरिसकेकी छिन् भने रणबिर कपूर अभिनेत्री आलिया भट्टलाई डेट गरिरहेका छन् ।

 

लामो समय एकअर्काको प्रेममा रहेर अलग भएका दीपिका र रणबिर कपूरलाई यति सहज रुपमा एक-अर्कासँग भेटेको देख्दा दुवैका फ्यानहरु खुशी भएका छन् । तीमध्ये एक व्यक्तिले भनेका छन्, ‘रणवीर सिंह बिर्सिदेउ । दीपिका र रणबिरको जोडी नै उत्कृष्ट जोडी हो ।’

तर सबै व्यक्तिले सकारात्मक मात्रै नभइ नकारात्मक प्रतिकृया पनि दिएका छन् । दीपिका र रणबिरलाई यसरी भेटेको नरुचाउने व्यक्तिहरुले दीपिकाका साथ यसरी भेट्नुभन्दा रणबिरले आलिया भट्टलाई बढी ध्यान दिन आवश्यक रहेको भन्दै सल्लाह दिएका छन् ।

यसैगरी केहीले अभिनेत्री दीपिकाले रणवीर सिंहसँग बिहे गरे पनि रणबिर कपूरलाई नै माया गर्ने बताएका छन् । यस्तै अर्काथरी फ्यानहरुले दीपिकाका लागि उनका पति रणवीर सिंह नै सही भएकाले रणबिर कपूरसँग अब कुनै काम नगर्न पनि सल्लाह दिएका छन् । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया