आईपीएल र विवाद एक अर्काका पर्याय

 चैत ५, २०७५ मंगलबार १९:३६:१० | एजेन्सी
unn.prixa.net

इन्डियन प्रिमियर लिग (आईपीएल) र विवादबीच पुरानो नाता रहेको छ । स्पट फिक्सिङबाहेक कैयौं प्रकारका स्क्याण्डल पनि सार्वजनिक भइसकेका छन् । 

आईपीएलको प्रत्येक संस्करण कुनै न कुनै ठूलो विवादको शिकार हुँदै आइरहेको छ । विवादले नै आईपीएलको लोकप्रियतालाई बढाएको हो भन्ने कुरा नकार्न सँकिदैन । 

आईपीएलको पछिल्लो संस्करणमा चेन्नई सुपर किंग्सले २ वर्षपछि मैदानमा उत्रिँदै ट्रफी जितेको थियो । त्यही चेन्नईलाई कावेरी विवादले घरेलु मैदान छोड्नु परेको थियो । 

यसै कारणले गर्दा महेन्द्र सिंह धोनीले नेतृत्व गरेको चेन्नई सुपर किंग्सका सबै खेल पुनेमा सारिएको थियो । 

आईपीएलको नवौं संस्करण मा पानीको अभावका कारण उत्पन्न भएको समस्यालाई कसले बिर्सन सक्छ र ? पहिलेदेखि नै सुखापनाको संकट झेल्दै आएको महाराष्ट्रमा पानीको समस्या देखिएपछि मुम्बई उच्च अदालतले आईपीएलका १३ खेल राज्य बाहिर गराउन निर्देशन दिएको थियो । 

आईपीएलको पहिलो सीजनमा एस श्रीसन्त र हरभजनबीच भएको काण्डलेलाई पनि कुनै क्रिकेट फ्यानले भुल्न सक्दैन । किंग्स इलेवन पञ्जाबका तीव्र गतिका बलर श्रीसंतलाई मुम्बई इन्डियन्सका खेलाडी हरभजन सिंहले मैदानभित्रै थप्पड हानेका थिए । 

सन् २०१३ मा खेलाडीहरुले म्याच फिक्स गरेपछि चेन्नई र राजस्थान टिमलाई प्रतिबन्ध लगाइएको थियो । यो घटनामा दिल्ली पुलिसले राजस्थानका तीन खेलाडी एस श्रीसन्त, अजित चन्डिला र अंकित चौहानलाई गिरफ्तार गरेको थियो । 

सन् २०११ मा राजस्थान रोयल्सका कप्तान शेन वार्नले रोयल च्यालेन्जर्स बेंग्लोरसँग खेल हारेपछि राजस्थान क्रिकेट एसोसिएशनका अध्यक्ष संजय दीक्षितलाई सार्वजनिक रुपमा नै गाली गरेका थिए । 

त्यसपछि सञ्जयले शेन वार्नविरुद्ध एफआईआर दर्ता गराएका थिए । 

भनिन्छ, खुशीमा मानिसले कहिलेकाहीँ आँखा देख्न छोड्छ । कोलकाता नाइटराइडर्स आईपीएल संस्करण १२ को च्याम्पियन बनेपछि शाहरुख खानले सुरक्षाकर्मीमाथि नराम्रो व्यवहार गरेका थिए । 

यो घटनापछि शाहरुख खानलाई ४ वर्षका लागि वांखडे स्टेडियममा प्रवेशका लागि रोक लगाइएको थियो । उत्कृष्ट खेलाडी सौरभ गांगुलीलाई पहिलो तीन संस्करणका लागि कोलकाता नाइटराइडर्सले कप्तान बनाएको थियो । 

चौथो संस्करणमा गांगुलीलाई लिलामीमा नकिन्दा कोलकाताका मालिक शाहरुख खानले क्रिकेट फ्यानहरुको विरोधको सामना गर्नुपरेको थियो । कोलकाताको गल्ली गल्लीमा शाहरुखको विरोधमा प्रदर्शन पनि गरिएको थियो । 

चेन्नई सुपर किंग्सका स्टार अलराउण्डर रवीन्द्र जडेजा पनि विवादबाट अछुतो रहन सकेनन् । उनलाई तेस्रो आईपीएलमा प्रतिबन्ध लगाइएको थियो । 
वास्तवमा लिलामीमा राजस्थान रोयल्सले किनिसकेपछि पनि जडेजाले मुम्बईसँग दोस्रोपटक कन्ट्रयाक्ट साइन गर्ने कोशिश गरेका थिए । 

भारतमा आईपीएलको स्थापना पूर्व प्रमुख ललित मोदीको अध्यक्षतामा गरिएको थियो । तर पछि उनको नाम कालो धन वैध बनाउने, म्याच फिक्सिंग र ठूलाठूला वित्तीय हेराफेरीमा जोडिएको थियो । 

सन् २०१२ को आईपीएलमा पुने वारियर्सका दुई खेलाडीः राहुल शर्मा र वेन पार्नेललाई पुलिसले गिरफ्तार गरेको थियो । 

यी दुई खेलाडीलाई रेभ पार्टी (मद्यपान, लागूऔषध, म्यूजिक, नाचगान सहितको पार्टी) मा भेटिएको थियो । आईपीएलको नियमा अनुसार, खेलको दौरान यस्ता कुनै पार्टीमा जानु गैरकानुनी मानिन्छ । 

यस्ता विभिन्न विवादले गर्दा नै आईपीएल फ्यानहरुका बीच पुरानो सम्बन्ध छ । यो संस्करणको आईपीएलमा पनि कुनै विवाद नहोला भन्न सकिन्न ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया