संघीय संसदकाे हिउँदे अधिवेशन सकियाे: यस्ताे छ उपलब्धि

 चैत १०, २०७५ आइतबार १८:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय संसदको तेश्रो अधिवेशन आइतबार रातिबाट समाप्त हुँदैछ ।  

आइतबारको प्रतिनिधिसभामा सभामुख कृष्ण बहादुर महराले तेश्रो अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयाे । 

पुस ११ गते सुरु भएको यस अधिवेशन अन्तर्गत प्रतिनिधिसभातर्फ ३२ दिनमा ४६ वटा बैठक बसेका छन् । अधिवेशनमा २३ वटा सरकारी विधेयक दर्ता भएकोमा ८ वटा विधेयकहरु बैठकमा अझै प्रस्तुत हुन सकेका छैनन् ।

७ वटा विधेयक विषयगत समितिहरुमा विचाराधीन छन् । ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक, २०७५’ माथि राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त भएको जानकारी सभामा टेबुल भएको छ र अन्य ६ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भैसकेका छन् ।

साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न ७ वटा विधेयक मध्ये ४ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका र २ वटा विधेयक समितिमा विचाराधीन छन् ।

‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि छलफल गरी २०७५ पुस १७ गतेको बैठकबाट स्वीकृत भएको थियो ।

अधिवेशनमा सडक सुरक्षा, स्वास्थ्य बिमा  र छाउपडी विरुद्धका कानुन कार्यान्वनको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भए ।

यस अधिवेशनमा प्रधानन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम पनि सुरु भएको थियो । साथै विभिन्न मन्त्रालयका बारेमा सम्बन्धित मन्त्रीसँग सांसदहरु प्रश्नोत्तर कार्यक्रममा सहभागी भए ।

त्यसैगरी यसअधिवेशनमा विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश भएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया