आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
रामेछाप - आइतबारबाट शुरु भएको एसईई परीक्षामा दोरम्बा गाउँपालिका वडा नं-६, लखनपुरको कालिका नमुना माविमा अध्ययनरत राम गौतमले आफ्नो बुबाको मृत्युपछि कोरामा बसेकाे अवस्थामा परीक्षामा सामेल भएका छन् ।
उनका पिता गणेश गौतमको चैत्र ८ गते निधन भएको थियो । बाबुको निधनपछि कोरामा बसेका गौतमले एसईई परीक्षामा दिने अनुरोध गरेसँगै उनलाई परीक्षा दिने व्यवस्था मिलाइएको हो । उनको परीक्षा केन्द्र सुनापति गाउँपालिका वडा नं-२ दिमीपोखरीमा रहेको कृष्णवर्णेश्वर मावि मानपुरमा भए पनि शिक्षा विकास तथा समन्वय इकाई रामेछाप, जिल्ला प्रशासन कार्यालय रामेछाप र कालिका मावि विद्यालयको सयुक्त पहलमा उनलाई आफू पढ्दै आएको विद्यालयमै परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयाे ।