न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
दाङ – दाङमा आगलागीमा परेर एक बालिकाको ज्यान गएको छ । आगलागीमा परेर राप्ती गाउँपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिताको ज्यान गएको हो ।
हिमालका ३ वर्षीय छोरा अमितले खेल्ने क्रममा सलाई काेरेर फाल्दा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएकाे थियाे । आगोमा परेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा बुुटवल प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस्तै, विद्युतको तार सट हुुँदा बंगलाचुली गाँउपालिका–८ झिम्डीका फनादर घर्तीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा घरमा रहेका अन्नपात, कपडा जलेर नष्ट भएको छ ।