दीपिका पादुकोणको ‘छपाक’ को फर्स्ट लूक सार्वजनिक: एसिड आक्रमणपीडित लक्ष्मी अग्रवालकाे भूमिकामा दीपिका

 चैत ११, २०७५ सोमबार १६:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेतृ दीपिका पादुकोणको फिल्म ‘छपाक’ को फर्स्ट लूक सार्वजनिक भएको छ । चलचित्रमा दीपिकाको लूक हेर्दा दर्शकहरु आश्चर्यचकित भएका छन् ।

फिल्म ‘छपाक’ मा दीपिका पादुकोण एसिड आक्रमणबाट पीडित लक्ष्मी अग्रवालको भूमिकामा निर्वाह गर्नेछिन् । दीपिकाको सार्वजनिक भएको लूकमा उनी लक्ष्मी अग्रावाल जस्तै देखिएकी छिन् । 

दीपिका पादुकोणले उनको सामाजिक सञ्जालमार्फत फिल्मको फर्स्ट लूक सार्वजनिक गर्दै आजदेखि फिल्मको छायांकन सुरु भएको जानकारी दिएकी छिन् । फिल्म ‘छपाक’ को निर्देशन मेघना गुल्जारले गरिरहेकी छिन् । 

यो फिल्म एसिड आक्रमणबाट पीडित भारतीय युवती लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ । फिल्ममा लक्ष्मी अग्रवालले एसिड आक्रमणपछि भोगेका दुःख, संघर्ष र साहसकाे कथालाई देखाइनेछ । यो फिल्म सन् २०२० को जनवरी १० मा रिलिज हुने बताइएकाे छ । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया