माटाेकाे ढिस्कोले पुरिएर महिलाको ज्यान गयाे

 चैत ११, २०७५ सोमबार १९:१९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – माटोको ढिस्कोले पुरिएर खोटाङको साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीय तारा खड्काको ज्यान गएको छ ।

घर पोत्ने रातो माटो लिन लागि डेढ घण्टा टाढा पर्ने साकेला गाउँपालिका–५ मात्तिमकाे कामीसरा पुगेकी खड्काको ढिस्कोले पुरिएर सोमबार मृत्यु भएको हो ।

ढिस्कोमा पुरिएकी खड्काको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । ढिस्कोले पुरिएलगत्तै आफन्तले बाहिर निकाले पनि उनको मृत्यु भइसकेको स्थानीयले बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया