ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाकाे ज्यान गयाे, मृतकहरुकाे पहिचान खुल्न बाँकी

 चैत ११, २०७५ सोमबार १९:४४:१६ | किरण थापा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-४, चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फाेट हुँदा ४ जनाको ज्यान गएकाे छ ।

ज्यान जानेमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा कार्यरत मजदूरहरु रहेका छन् । शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा शनिबार दिउँसो साढे ४ बजे ग्यास सिलिन्डर विस्फोट भएको थियो ।

मृतक सबै भोटेकोशी गाउँपालिका-४ का स्थानीय रहेको तर पहिचान नखुलेको कसजुको भनाइ छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी तथा प्र.ना.उ माधव प्रसाद काफ्लेका अनुसार घटनालगत्तै बाह्रबिसेबाट प्रहरी टोली घटनास्थल गइसकेको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Jaya Rai

    March 26, 2019, 2:45 a.m.

    Government must take care of Qality Control. The dealer must be shut down by now. Nobody should die by such a case... remain alert

  •  0 Reply

तपाईको प्रतिक्रिया