कुवेतसँग मैत्रीपूर्ण खेलमा नेपाल पराजित

 चैत १२, २०७५ मंगलबार ६:३६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दुई खेल खेल्न कुवेत गएको नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकाएको थियो । दोस्रो खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भयो ।

कुवेतलाई जित दिलाउनका लागि युसुफ नासरको एकमात्र गोल निर्णायक बनेको थियो । खेलको २९औं मिनेटमा सुजल श्रेष्ठले डिबक्सभित्र विपक्षी खेलाडीलाई फल गरेपछि कुवेतले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई नासरले गोलमा परिणत गर्दै घरेलु टिमलाई अग्रता दिलाए । 

बाँकी समयमा गोल हुन नसक्दा नेपाल पराजित भयो । खेलमा नेपाल कुवेतसँग दबाबमा देखिएको थियो । नेपाली टिमको सेटअपदेखि फिटनेससम्म कमजोर थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया