विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ

 चैत १२, २०७५ मंगलबार २०:१६:३८ | समुद्र पौडेल

काठमाण्डाै - मंगलबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका विभिन्न नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तनहुँ तथा सप्तरीबाट जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई पक्राउ गरेकाे हाे । 

प्रहरीले व्यास-६ का २५ वर्षीय सुनिल कुमाल, बन्दीपुर-५ का ३१ वर्षीय मयुर बुढा नामले चिनिने अम्मरराज बुढा र व्यास-१४ केशवटारका ५३ वर्षीय भेष बहादुर सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयाे ।

पक्राउ परेका विप्लव नेता तथा कार्यकर्ताको साथबाट सहयोग रसिद, विभिन्न राजनैतिक पुस्तकहरु, पर्चा पम्प्लेट, स्ट्याम्प लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन, २०७४ को दफा ९९१० बमोजिम नियन्त्रणमा लिई कानुनी दायरमा ल्याइएको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयाे ।

पक्राउ परेकामध्ये कुमाल अखिल नेपाल क्रान्तिकारी लमजुङ जिल्ला अध्यक्ष तथा विप्लव समूहका लमजुङ जिल्ला सदस्य हुन् । बुढाले तनहुँ जिल्ला सदस्य र सुनारले विप्लव समूहको भातृ संगठन दलित मुक्ति मोर्चा तनहुँको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सप्तरीको विभिन्न ठाउँबाट पनि प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जना जिल्ला स्तरीय नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका वडा नम्बर-६ का ४६ वर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका वडा नम्बर-१, बरही बिरपुरका ४० jर्षीय तेजनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइहेको जनाएको छ ।

-तनहुँबाट समुन्द्र पाैडेल र सप्तरीबाट शुभनारायण यादवकाे सहयाेगमा

अन्तिम अपडेट: चैत १०, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया