एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले प...
बैशाख ७, २०८१ शुक्रबार
बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘केशरी’ ले बक्स अफिसमा प्रदर्शनको आठौं दिनसम्म पनि शानदार प्रदर्शन गरिरहेको छ । यस फिल्मले अहिले सम्म १०५ करोड रुपैयाँभन्दा बढीकोे व्यापार गरिसकेको छ ।
वर्ष २०१९ को सबै भन्दा छिटो सय करोड कमाउन सफल फिल्म ‘केशरी’ ले प्रदर्शनको आठौं दिन ५ करोड ८५ लाख रुपैयाँ कमाएको छ । प्रदर्शनको पहिलो दिनमै २१ करोड ६ लाख रुपैयाँ कमाएको फिल्म ‘केशरी’ २०१९ को सबैभन्दा धेरै ओपनिङ्ग गर्ने फिल्म पनि बनेको छ ।
यस फिल्मले बिहीबार आठौं दिनमा आइपुग्दा जम्मा १०५ करोड ८६ लाख रुपैयाँको कलेक्शन गरिसकेको छ ।
होलीको अवसरमा रिलिज गरिएको फिल्म ‘केशरी’ ले प्रदर्शनको तेस्रो दिनमा ५० करोड रुपैयाँ कमाएको थियो भने प्रदर्शनको चाैथो दिनसम्म ७५ करोड र ७औं दिनमा यस फिल्मले १ सय करोड रुपैयाँ कमाएको थियो ।
यो वर्ष रणवीर सिंहको फिल्म ‘गली ब्वाय’ ले ८औं दिन सम्ममा १ सय करोड ३० लाख रुपैयाँ कमाएको थियो । यस्तै फिल्म ‘टोटल धमाल’ ले ७औं दिनमा ९४ करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।
अनुराग सिंहको निर्देशनमा बनेको फिल्म ‘केशरी’ मा अक्षय कुमारका साथै अभिनेतृ परिणीति चोपडाको पनि मुख्य भूमिका रहेको छ ।