पाँच विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति

 जेठ ३, २०७५ बिहिबार १०:३३:२९ | शैलेन्द्र महतो
unn.prixa.net

province two cabinate

धनुषा – प्रदेश नम्बर २ को मन्त्री परिषदले पाँच वटा विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । विहीबार बिहान ८ बजे मुख्यमन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले पाँच वटा विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

अकास्मिक कोष संचालनसम्बन्धी विधेयक, कर तथा गैरकर राजश्व लगाउने तथा उठाउनेसम्बन्धी विधेयक, मनोरञ्जन कर अशुल उपर गर्नेसम्बन्धी विधेयक, सवारीसधान कर असुल गर्ने विधेयक र प्रदेश वन विधेयकलगायत विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्यालयले बैठकमा पाँच वटा विधेक तयार गर्न सैद्धान्तिक स्वीकृति र प्रदेश २ को प्रदेशसभाको चालु अधिवेशन अन्त्यलगायत ६ वटा बुँदासहितको कार्यसूचि पेश गरेको थियो ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया