पत्रकार कुट्नेलाई पक्राउ गरेको भन्दै व्यवसायीद्वारा तानसेन बजार बन्द

 चैत १७, २०७५ आइतबार ८:३८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पत्रकार कुटपिटको आरोपमा पक्राउ परेका व्यवसायीलाई छाड्न माग गर्दे शनिबारदेखि पाल्पा उद्योग वाणिज्य संघले आब्हान गरेको पाल्पा  बन्दले जनजीवन कष्टकर भएको छ । बन्दका कारण तानसेन बजार क्षेत्रका पसलहरु खुलेका छैनन् । तानसेनबाट छुट्ने र बाहिरबाट तानसेन भित्रिने गाडी समेत नचलेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 

पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजय बौडेलमाथि कुटपिट गरेको आरोपमा बावुराम विष्ट, शैलेन्द्र भट्टराई र लक्ष्मण रेग्मीलाई शुक्रबार नै पक्राउ गरी अनुसन्धान भैरहेको  प्रहरीले जनाएको छ ।  पक्राउ परेका बिष्ट फेन्सी पसल, भट्राई पाल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष र रेग्मी मदिरा पसल सञ्चालक हुन् ।  

तानसेन नगरपालिकाले गएको फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णयको विरुद्ध घरधनीहरुले  नगरपालिका कार्यालयमा धर्ना दिने क्रममा पत्रकारमाथि कुटपिट भएको हो ।   


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया