‘एक दिवसीय चलचित्र उत्सव’ मा तीन चलचित्र प्रदर्शन हुने

 चैत १७, २०७५ आइतबार १८:५९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा ‘एक दिवसीय चलचित्र उत्सव’ आयोजना हुने भएको छ । 

चलचित्र प्रदर्शन हल र वितरकहरूको पेशागत संस्था नेपाल चलचित्र संघले उक्त उत्सव आयोजना गर्न लागेको हो । 

‘एक दिवसीय चलचित्र उत्सव’ अन्तर्गत चैत २१ गते बिहीबार क्यूएफएक्स कुमारीमा तीन फरक फरक समयका चलचित्र प्रदर्शन गरिने भएको हो । 

अध्यक्ष उदयको हस्ताक्षर रहेको विज्ञप्तिमा नेपाल चलचित्र संघले नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन एवं सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरा उल्लेख गरिएको छ । साथै नेपाली चलचित्रको बजार प्रवद्र्धनका लागि काठमाण्डौमा ‘एक दिवसीय चलचित्र उत्सव’ आयोजना गर्न लागिएको विज्ञप्तिमा भनिएको छ ।

स्वर्गीय आलोक नेवाङद्धारा निर्देशित चलचित्र सानो संसार, निर्देशक तथा कलाकार निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुट र निर्देशक तथा कलाकार दीपाश्री निरौलाद्धारा निर्देशित चलचित्र छक्का पञ्जा ३ चलचित्र संघले ‘एक दिवसीय चलचित्र उत्सव’ मा प्रदर्शन गर्न लागेको हो ।

यस उत्सवले नेपाली चलचित्रलाई महत्वपूर्ण योगदान पुग्ने संघको विश्वास छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया