तीन महिनादेखि 'ब्रेन डेड' महिलाले जन्माइन् बच्चा  !

 चैत १९, २०७५ मंगलबार ११:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पोर्चुगलमा एक २६ वर्षिया महिलाले गएको बिहीबार एक शिशु जन्माइन् । शिशु जन्माएपछि महिलाको निधन भयो । तर ती महिला गएकाे डिसेम्बर महिनादेखि ‘ब्रेन डेड’ अर्थात् मानसिक रुपमा मृत थिइन् ।

अन्तर्राष्ट्रिय स्तरकी खेलाडीसमेत रहेकी कथरीना सेकेरालाई गएको डिसेम्बरमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि अस्पताल लगिएकाे थियाे । उनलाई अस्पतालले मानसिक रुपमा मृत घोषणा गरेको थियो ।

३२ हप्ताको गर्भपछि शिशुको जन्म भएको हो । बच्चको नाम स्लवाडोर राखिएको छ । स्लवाडोरलाई अहिले नियोनेटल अस्पतालको निगरानीमा राखिएको छ । पोर्चुगलमा ब्रेन डेड महिलाले शिशु जन्माएको यो दोस्रो घटना हो ।

सेकेरा अत्यन्तै प्रतिभाशाली सामुद्रिक खेलाडी थिइन् । उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखिएको थियो ता कि उनको गर्भमा रहेको बच्चा सुरक्षित होस् ।

डाक्टरहरु डेलिभरीको लागि शुक्रबारसम्म पर्खिन चाहिरहेका थिए । किनकी शुक्रबार नै ३२ हप्ता पूरा हुन लनगेको थियो । तर सेकेराको अवस्था निकै नाजुक भएपछि बिहीबार नै उनको डेलिभरी गराइएको थियो ।

बच्चालाई उसकी आमाको गर्भमा सुरक्षित राख्न उनको परिवारसँग सल्लाह भएको अस्पताल आचार संहिताको प्रमुख फिलिप एल्मोडाले बताइन् ।

बच्चाका बाबु र उसको परिवार जसरी पनि बच्चालाई सुरक्षित राख्न चाहान्थे । बच्चा १ दशमलव ७ किलोग्रामको रहेको छ । उसलाई तीनहप्तासम्म अस्पतालमा नै राखिनेछ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया