रोल्पामा गुराँसे साहित्य मेला हुँदै

 चैत १९, २०७५ मंगलबार १३:३३:२६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – साहित्यमार्फत पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले रोल्पामा गुराँसे साहित्य मेला हुने भएको छ । 

रोल्पा नगरपालिकाको आयोजनामा आउँदो वैशाख १५, १६ र १७ गते जिल्लाको सदरमुकाम लिबाङ र पर्यटकीय क्षेत्र जलजलामा राष्ट्रिय ख्यातीप्राप्त साहित्यकार तथा पत्रकारहरुको सहभागितामा गुराँसे साहित्य मेला हुने भएको हो ।

धार्मिक, सांस्कृतिक र राजनीतिक हिसाबले महत्व बोकेको जिल्लाको पर्यटकीय स्थल जलजलाको प्रचारप्रसारसँगै स्थानीय लोक संस्कृतिको विकास गर्ने उद्देश्यले मेला गर्न लागिएको मेला मूल आयोजक समितिका संयोजक एवम् साहित्यकार डी.बी. टुहुरोले बताए ।

जलजला क्षेत्रलाई संघीय सरकारले देशभरका एक सय गन्तव्यको सूचीमा राखेकाले त्यसको प्रचारप्रसारमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको भनाइ छ ।

राष्ट्रिय कविता प्रतियोगिता, जलजला पदयात्रा, गुराँससँग साहित्यलगायत १० वटा सत्रमा सञ्चालन हुने गुराँसे साहित्य मेलाले रोल्पा जिल्लाको कला, संस्कृति र पर्यटन प्रबर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया