वन समूहमा पनि दलीय प्रतिस्पर्धा, विजयी समूहद्वारा  बाजागाजासहित अबिर जात्रा

 चैत १९, २०७५ मंगलबार १८:४०:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा दलहरुले सामुदायिक वनको चुनावलाई आफ्नो स्थिति नाप्ने कडी बनाएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरको पलासेमा रहेको स्वर्गद्वारी सामुदायिक वन समूहमा नेतृत्व चयनका लागि यस्तै भयो ।

दुई हप्ताको समय राखेर उनीहरुको प्यानल बनाएर गाउँगाउँमा गएर भोट पनि मागे । मंगलबार चुनाव पनि भयो । चुनावमा प्रजातान्त्रिक समूह अध्यक्ष सहित सबै पदमा विजयी भएको छ । 

कांग्रेस नेता कृष्ण किशोर घिमिरे तथा कमलकिशोर घिमिरेको वन समूह भएका कारण पनि यो चुनावलाई रामपुरमा निकै चर्चाको विषयका रुपमा लिइएको थियो ।स्थानीय तहमा वनको यो चुनावलाई कांग्रेस र नेकपाको उपस्थितिका रुपमा लिइएको थियो ।

चुनावको मतपरिणामअनुसार अध्यक्षमा प्रजातान्त्रिक समूहका फूलमान चौधरी १ सय ४३ मत ल्याएर विजयी हुनु भएको छ । वामपन्थी समूहका निवर्तमान अध्यक्ष वीरबहादुर विकले १ सय १ मत ल्याउनु भएको छ । उपाध्यक्षमा प्रजातान्त्रिक समूहका उपाध्यक्ष जगदीश चौधरी, सचिवमा रिता चौधरी र कोशाध्यक्षमा शरद केसी विजयी हुनुभएको छ ।

सदस्यहरुमा बाधु चौधरी, मुक्ति थापा, मिनाकुमारी चौधरी, अमृता विक र सुन्दरा नेपाली विजयी हुनुभएको छ । २ सय ६४ उपभोक्ता रहेकोे यस वन समूहको चुनावमा २ सय ५२ मत खसेको थियो । ५ मत बदर भएको थियो ।

चुनावी परिणामपछि रामपुरमा बाजागाजासहित विजयी जुलुस निकालिएको थियाे । दाङमा ५ सय १९ वन समूह छन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया