मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा रहेकी अभिनेत्री खुश्बु खड्का चलचित्र 'रातो टीका निधारमा' का लागि अनुबन्धित भएकी छन् । हातमा चलचित्र नपर्दा चलचित्र क्षेत्रबाट टाढा रहेकी उनले यो चलचित्रबाट पुनरागमन गर्ने भएकी छिन् ।
अभिनेत्री खड्काले उक्त चलचित्रमा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताइन् । केही दिन अघिमात्र चलचित्रका निर्देशक अशोक शर्माले १६ लाख रुपैयाँमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्धित गरेका थिए । शर्माले त्यसअघि यस अघि अभिनेत्री नीता ढुङ्गानालाई फाइनल गरेका थिए ।
वैशाखबाट छायांकन सुरु गर्ने तयारीमा रहेको चलचित्रको निर्देशन तथा निर्माण अशोक शर्माले नै गर्न लागेका हुन् । उनले चलचित्र २०७६ सालको दशैंमा प्रदर्शन गर्ने बताए । चलचित्रका लागि यसअघि रवीन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरु फाइनल भइसकेका छन् ।
अभिनेतृ नीता ढुङ्गाना रवीन्द्र झाको जोडीका रुपमा प्रस्तुत हुन लागेको बताइएको छ । यस्तै अभिनेतृ साम्राज्ञी राज्यलक्ष्मी शाह अशोक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिने भएकी छिन् ।