शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
सिनेमान्डु इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र ‘चलखेल’ को मुख्य भूमिकामा अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छिन् । प्रिंयका पछिल्लो समय सिनेमाभन्दा पनि म्युजिक भिडियोमा नै व्यस्त छिन् ।
केही दिन अघिमात्र उनले आयुष्का खनियाँको गीतबाट निर्देशनमा डेब्यू गरेकी थिइन् । योसँगै प्रिंयकाले आयांका फाउन्डेशनमार्फत् समाजसेवामा पनि आफ्नो हात अघि बढाएकी छिन् ।
यसै बीच अभिनेत्री कार्कीले लामो समयपछि कमेडी विधामा निर्माण हुन लागेको चलचित्र ‘चलखेल’ मा साइन गरेकी हुन् । एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुने चलचित्रको बजेट २ करोडको आसपास रहेको निर्माता लेखबहादुर पुन डेनिमले बताए ।
मनाङ, जिरी र काडमाण्डौमा छायांकन गरिने सिनेमामा प्रिंयकाको जोडीको भने फाइनल भइसकेको छैन । यतिबेला निर्देशक बोहरा ‘हेल्लो जिन्दगी’ को पोष्ट प्रोडक्सनको तयारीमा जुटेका छन्