प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

 चैत २२, २०७५ शुक्रबार १५:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  प्रधानमन्त्री केपी शर्मा ओलीले  साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको शुक्रबार विमोचन गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पुस्तक विमोचन गर्नुभएको हो ।

आफै अप्ठेरो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ । ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अरु सशक्त अवस्थामा रहेकाहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: कात्तिक ११, २०७६

तपाईको प्रतिक्रिया