आमाले PUBG नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या

 चैत २४, २०७५ आइतबार ११:४४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ । 

१६ वर्षीय किशाेर कालाकुरी शाम्बाशिवका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् ।  भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको 'सिलिङ फ्यान'मा झुण्डेर आत्महत्या गरेका हुन् ।

गुजरातमा PUBG खेल्ने १० जना पक्राउ !

अधिकांश भारतीय अभिभावकहरु आफ्नो सन्ततिको भविष्यलाई लिएर निकै चिन्तित हुन्छन् । उनीहरु आफ्ना सन्ततिको शिक्षासम्बन्धी क्षेत्रमा ध्यान केन्द्रित गर्न वयस्कमा पनि उनीहरुकै साथ रहने गर्दछन् ।  

पबजीलाई प्रतिबन्ध लगाउनपर्छ भनेर समर्थन गर्नेहरु यो एक घातक खेल भएको स्वीकार्छन् । गएको मार्चमा महाराष्ट्र राज्यको रेलको लिक छेउमा बसेर पब्जी खेल्दै गर्दा विपरीत दिशाबाट आएको ट्रेनले धक्का दिँदा दुई पुरुषले ज्यान गुमाएको भारतको समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डियाले बताएको छ । 

लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु

पब्जी दक्षिण कोरियाको कम्पनीले विकसित गरेको आनलाइन खेल हो, जसमा खेलाडीहरुलाई एक द्वीपमा लगेर छोडिन्छ र एकअर्कालाई खत्तम गर्नुपर्ने हुन्छ । यो खेल सन् २०१७ मा सुरु भएको थियो । गएको डिसेम्बरसम्म यसलाई २ सय मिलियनले डाउनलोड गरेका छन् ।  

मध्य भारतीय राज्य गुजरातको केही शहरमा यो खेलमा यसअघि नै प्रतिबन्ध लगाइएको छ । धेरै विद्यार्थीहरुलाइै हिंस्रक र स्कुल जानबाट विमुख गरेको भन्दै पबजीलाई प्रतिबन्ध लगाइएको थियो । त्यसपछि गुजरातका दर्जनौँ युवालाई प्रतिबन्धको उल्लंघन गरेको भन्दै गिरफ्तार गरिएको छ ।  

PUBG खेलकाे लत : मानसिक समस्याको खतरा !
 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • ram

    April 7, 2019, 12:18 p.m.

    I hate pubg

  •  0 Reply

तपाईको प्रतिक्रिया