विभिन्न क्षेत्रका साधकलाई जनमत वाङ्मय प्रतिष्ठानकाे सम्मान

 चैत २४, २०७५ आइतबार १२:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ३५ वार्षिकोत्सवका अवसरमा शनिबार विविध क्षेत्रमा याेगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेकाे छ ।

बनेपामा आयेजित कार्यक्रममा साहित्यकार, कलाकार, शिक्षासेवीलागायतका १० व्यक्तित्वलाई सम्मान गरिएकाे हाे ।

प्रतिष्ठानले जनमत पत्रिकाको माध्यमबाट अघिल्ला वर्षहरूमा विभिन्न साहित्यिक कार्यक्रम एवं यस किसिमको सम्मान गर्दै आएको छ। यसपाला सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा (जनमत–महेन्द्रलाल कलाकार सम्मान), वरिष्ठ शिक्षासेवी तथा शिक्षाविद् डा. सुरेशराज शर्मा (जनमत–हृदयचन्द्र वरिष्ठ साधक सम्मान), वरिष्ठ साहित्यिक पत्रकार हिरण्यकुमारी पाठक (भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान) तथा साहित्यिक अभियन्ता हनिफ मियाँ (जनमत–जनक सेवा सम्मान) हुनुहुन्छ।

कमला सैंजू–जनमत सम्मान ग्रहण गर्दै बालसाहित्यकार अनुराधा शर्मा

त्यस्तै सम्मानित हुने अन्य व्यक्तित्वहरुमा वरिष्ठ बालसाहित्यकार विनयकुमार कसजू (जनमत–केदार-सुदर्शना बालसाहित्य सम्मान), वरिष्ठ कथाकार देविका तिमिल्सिना (दीपा–जनमत सम्मान), वरिष्ठ साहित्यिक अभियन्ता काजी रोशन (गणेश-खिलकुमारी दुवाल–जनमत सम्मान), साहित्यकार रुकु कार्की (केवलपुरे–जनमत सम्मान), बालसाहित्यकार अनुराधा शर्मा (कमला सैंजू–जनमत सम्मान), साहित्यकार मिलन समीर (जनमत–राजभाइ सहयात्री सम्मान) रहनुभएकाे छ ।

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया