अर्घाखाँची जीप दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ४ पुग्याे

 चैत २५, २०७५ सोमबार २०:५६:४७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँची जिल्लाको नुवाकाेटकाे लात्तेबाजमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ  । 

लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको ज्यान गएकाे थियाे । दुर्घटनामा परि  प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर रानाकाे घटनास्थलमै ज्यान गएकाे थियाे । त्यस्तै  जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा  सन्धिखर्क नगरपालिका डिभर्नाका ३ वर्षीय प्रिन्स श्रेष्ठकाे तथा बुटवलमा प्रिन्सकी ३३ वर्षीया आमा विष्णुमाया श्रेष्ठकाे ज्यान गएकाे प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताउनुभयाे । 

घाइते ८ जनालाई बुटवल रिफर गरिएको छ भने तीन जनाकाे सन्धिखर्कमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया