धार्मिक परम्पराले लियो बालकको ज्यान

 चैत २६, २०७५ मंगलबार ९:४२:५५ | रासस
unn.prixa.net

महोत्तरी – लोहारपट्टि नगरपालिकामा साेमबार राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

इस्लाम धर्मअनुसार बालक शेषको साेमबार राति राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गरिएपछि अत्यधिक रक्तस्राव भएर उनको ज्यान गएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले मंगलबार बिहान त्यसतर्फ विशेष प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया