एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने
बैशाख ६, २०८१ बिहिबार
बारा – मंगलबार बिहान हावाहुरीसहित पानी परेपछि बाराका हावाहुरी प्रभावित क्षेत्रका पीडितहरुको बिचल्ली भएको छ ।
वर्षापछि टेण्टभित्र पानी पसेकाले पीडितहरु छिमेकीको घरमा आश्रय लिन पुगेको हावाहुरी प्रभावित फेटा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जाकिर मियाँले जानकारी दिनुभयो । त्रिपालभित्र पानी पसेर लुगाकपडा र खाद्यान्न समेत भिजेको फेटा गाउँपालिका–१ का पीडित विक्की महतोले बताउनुभयो ।
पानीले महिला, बालबालिका र वृद्धवृद्धा झनै समस्यामा परेका छन् । ‘अब घाम लागेर नसुकेसम्म बस्ने ठाउँ नै छैन । लगाउने कपडा पनि भिजेका छन्’ पुरैनियाकी शायला खातुनले गुनासो गर्नुभयो ।
मंगलबार बिहानको हावाहुरी र वर्षा पछि भलुही भरवलियाका पीडितहरुलाई तत्कालका लागि स्थानीय विद्यालयमा बस्ने व्यवस्था गर्न लागिएको फेटा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जयप्रकाश दासले जानकारी गराउनु भयो ।
यस्तै मंगलबार बिहान आएको हावाहुरी र असिना पानीले जितपुर सिमरा उपमहानगरपालिकामा नौ वटा घरको छानो उडाएको छ । हावाहुरीले सिमरामा रहेको रेडियो सिमराको टावर ढालेको छ ।
टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध भएको कार्यकारी निर्देशक मनोज पौडेलले बताउनुभयो । हावाहुरीले सिमरा नरबस्तीमा तीनवटा पोलसमेत ढालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।