कालीगण्डकीमा जीप खस्दा दुई जना बेपत्ता

 असार १४, २०७५ बिहिबार २०:२६:५६ | रासस
unn.prixa.net

म्याग्दी – बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका–१, तिप्ल्याङमा आज अपराह्न कालीगण्डकी नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । 

अन्नपूर्ण गाउँपालिका–७, घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङ खण्डको सडकबाट करिब ३० फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो । 

अन्नपूर्ण–७, का वडाध्यक्ष गमबहादुर फगामीका अनुसार उक्त जीपमा चालक बेनपा–९ का अन्दाजी ३२ वर्षीय रवि खड्का र घराम्दीकी २० वर्षीयन सविता नेपाली सवार थिए । 

कालीगण्डकीका बीचमा अड्किएको जीप, चालक र यात्रुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको प्रनाउ मगरले बताउनुभयो
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया