इण्डियन प्रिमियर लिग : मुम्बईले पञ्जाबलाई ३ विकेटले हरायो

 चैत २८, २०७५ बिहिबार ६:४०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ । बुधबार राति भएको खलमा किंग्स इलाभेन पञ्जाबलाई ३ विकेटले पराजित गरेको हो ।

वानखडे स्टेडियममा पञ्जाबले दिएको १९८ रनको लक्ष्य मुम्बईले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको यो लगातार तेस्रो जित पनि हो । जितसँगै मुम्बई तालिकाको तेस्रो तथा पराजित पञ्जाब चौथो स्थानमा छन् ।

मुम्बईलाई जिताउन किरन पोलार्डले महत्वपूर्ण भूमिका खेले । उनले ३ चौका र १० छक्काको मद्दतले ८३ रन बनाए ।

पञ्जाबले लोकेश राहुलको सतकको मद्धतमा २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९७ रन बनायो ।  राहुल र क्रिस गेलले पहिलो विकेटका लागि सतकीय साझेदारी गरे ।

दुबै खेलाडीले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गर्न सफल भए । जसमा गेलले ६३ रन बनाए । उनले ३६ बलमा तीन चौका र सात छक्का प्रहार गरे । राहुलले ६४ बलमा एक सय रन बनाए । जसमा छ छक्का र छ चौका सामेल थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया