नयाँ वर्षकाे पूर्वसन्ध्यामा व्यस्त सौराहा – मस्त पर्यटक (तस्विरसहित)

 चैत ३०, २०७५ शनिबार २०:१५:४० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - नयाँ वर्ष मनाउनका चितवनको पर्यटकीय क्षेत्र सौराहामा पुगेका पर्यटकले सौराहा यतिबेला टनाटन भएको छ ।

पर्यटककाे चाप बढेका कारण नयाँ वर्षको पूर्वसन्ध्यामा सौराहा व्यस्त देखिएको छ । सौराहा पुगेका पर्यटकका लागि नयाँ वर्षको अघिल्लो रात विशेष कार्यक्रम हुने गरेकाले पर्यटकहरु रमाउने गर्दछन्।

सौराहाको राप्ती नदी किनारमा रहेका रेष्टुरेण्ट पर्यटकले भरिएका छन् । जंगल घुम्ने, हात्ती सफारी, डुगां सफारी गर्ने पर्यटकको भीड लागेको छ । अग्रिम रुपमा होटल बुक नगरी सौराहा पुगेका पर्यटकहरु होटल खोज्न व्यस्त देखिएका छन् । कतिपय युवा भने सौराहामा रातको कार्यक्रममा सहभागी भई हाेटलमा बस्नुकाे साटाे बाहिरी मनोरञ्जनमै नयाँ वर्षको अघिल्लो रात बिताउने गर्छन् । 

यति बेला सौराहामा विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटककाे चाप छ । सौराहा मात्र नभइ चितवनका अन्य पर्यटकीय क्षेत्र पटिहानी, मेघौलीमासमेत पर्यटकको चाप बढेको छ ।पर्यटकहरुले सौराहाका होटलमा एक हप्ताअगाडिदेखि नै बुक गरिसकेका थिए । क्षेत्रीय होटल संघ सौराहाकाअध्यक्ष सुमन घिमिरेले सौराहामा आन्तरिक पर्यटक बढेकाे बताउँदै ९० प्रतिशत होटल बुक भइसकेको बताउनुभयो ।

नयाँ वर्षमा शत प्रतिशत होटल भरिने गरेको बताउँदै उहाँले ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी पर्यटक सौराहामा आएको बताउनुभयो । ‘हामी व्यस्त छौँ’ उहाँले भन्नुभयो, ‘पर्यटक मस्त छन् ।’ 

सौराहामा लगभग ६ हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने ११० होटल रहेका छन्। वन्यजन्तु पर्यटनका लागि चितवनको सौराहा नेपालकै ख्यातिप्राप्त पर्यटकीय क्षेत्र हो । सौराहासँगै जोडिएका अन्यप र्यटकीय क्षेत्रमा पनि पर्यटक खचाखच देखिएका छन् ।

नारायणगढ बजारक्षेत्रमा रहेका होटलमा समेत नयाँ वर्षका लागि यसपटक होटल बुकिंग बढेको होटल व्यवसायीहरुले बताएका छन् । 

यो वर्ष विक्रमबाबा मेला र नयाँवर्ष एकै समय परेकोले पनिआन्तरिक पर्यटक बढेको व्यवसायीहरुले बताए । लगातार दुई दिन बिदा भएका कारण पनि यस पटक सौराहामा पर्यटक बढेका हुन् । ७ हजार पर्यटक सौराहाले शनिबार व्यवस्थापन गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।

कुनै खास कार्यक्रम नहुँदासमेत पर्यटकको चाप बढ्दै गएकाले नेपालीहरुमा बिदाको समयमा घुम्ने संस्कृति बढ्दै गएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया