सोलुखुम्बु जीप दुर्घटना : मृत्यु हुनेको सनाखत (अपडेट)

 असार १५, २०७५ शुक्रबार ११:४०:२० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – नेचा सल्यानमा भएको जीप दुर्घटनामा ज्यान जाने सबैको सनाखत भएको छ । शुक्रबार बिहान ८ बजे नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जना पुरुष, तीन जना महिला र एक बालिकाको मृत्यु भएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रद्युम्न कुमार अधिकारीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे ८ का ३१ वर्षीय कुसाङ तामाङ, सिरहा सनैखाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा माम्खा ५ का ४० वर्षीय श्यामकुमार राई, खोटाङ खाल्ले ८ की २४ वर्षीया कोपिला बस्नेत (कार्की), सोलुखुम्बुको नेचा सल्यान २ की ३५ वर्षीया उर्मीला बास्तोला, यही ठेगाना भएकी २५ वार्षीया शुशिला खड्का रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । 
    
दुर्घटनामा घाइते भएकी नेचा सल्यान २ की ८ वर्षीया बालिका सुष्मा खड्काकाे पनि ज्यान गएकाे छ ।  

बिहान नेचा सल्यानबाट सल्लेरी तर्फ जाँदै गरेको ना १ ज १८६० नम्बरको जीप तिङ्लाको गुप्तेश्वर महादेवथान मन्दिर नजिकैको चिप्ले भिर भन्ने स्थानमा दुर्घटना भएको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया