अपेक्षाभन्दा बढी सफलता पाएका छौँ: मुख्यमन्त्री पोखरेल

 बैशाख १, २०७६ आइतबार १४:५१:५३ | देव पचभैया
unn.prixa.net

पाल्पा - प्रदेश ५ का मुख्यमन्त्री ईश्वर पोखरेलले गएका ३ वर्षमा काम गर्ने अवस्था नरहे पनि नयाँ वर्षको सुरुवातसँगै विकास निर्माणका कामले फड्को मार्ने बताउनुभएको छ ।

आयात र निर्यातमा असन्तुलन भएको जस्तो देखिएको भन्दै मुख्यमन्त्री पोखरेलले मेशिनरी र निर्माणजन्य सामग्रीहरुको आयात बढी भएको भए पनि ती चिजले गरेको विकास देखिन बाँकी रहेको बताउनुभयो । 

प्रदेश सांसद डा.पुरनमान बज्रचार्यले पाल्पाको तानसेनमा आइतबार आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सकारात्मक सोच विना विकास र समृद्धि सम्भव नरहेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेल राम्राभन्दा नराम्रा पक्षलाई वकालत गर्ने प्रवृत्ति बढेको भन्दै त्यसको अन्त्यका लागि सबैको साथ र समर्थन आवश्यक रहेको र अपेक्षा गरेभन्दा बढी सफलता पाएको पनि दावी गर्नुभयो । 

५ नम्बर प्रदेशलाई तिहासिक पर्यटकीय गन्तव्यको रुपमा प्रबर्द्धन गर्न प्रदेश सरकारले  गुरुयोजना बनाएरै अघि बढेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेश सभामुख पुर्ण बहादुर घर्तीले प्रदेशको विकासलाई अघि बढाउन कानुन निर्माण र योजना तर्जुमाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया