भरुवा बन्दुक पड्किदा सोलुखुम्बुमा एक जनाको मृत्यु

 बैशाख २, २०७६ सोमबार १०:४५:९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - भरुवा बन्दुक पड्किदा सोलुखुम्बुको माप्यदुधकोशी गाउपालीका ४ मा एक जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार आईतबार साझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा पड्किदा माप्यदुधकोशी गाउपालीका ४ डाडा गाउँका २० वर्षिय सुमन राईको मृत्यु भएको हो । 

बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा फाप्लु ल्याउदै गर्दा आइतबार राती बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदिप सुबेदीले जानकारी दिनुभयो । शवलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया