एक किलो सुनसहित भैरहवाका युवा भारतमा पक्राउ

 बैशाख २, २०७६ सोमबार १९:३:६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुपन्देही – एक किलो सुनसहित भैरहवाका एक युवा भारतमा पक्राउ परेका छन्  । सशस्त्र सीमा सुरक्षा बल डण्डाका अनुसार नेपाल भारतको सीमानाका सुनौलीमा सिद्धार्थनगर-९, का ३८ वर्षीय धनबन्त कुमार अग्रवाल पक्राउ परेका हुन् ।

स्कुट/मा सुन लिएर भारततर्फ जाँदै गरेका अग्रवाललाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको इन्सपेक्टर विकास रायले जानकारी दिनुभयो । बरामद गरिएको सुन बिस्कुट आकारमा छ । याे सुन नेपालबाट भारततर्फ तस्करी गरेको हुनसक्ने आशंका भारतीय सुरक्षाकर्मीले गरेका छन् ।

पक्राउ गरिएका अग्रवाललाई आवश्यक कारबाहीका लागि नौतनहवा भन्सार पठाइएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • बिर्खेकाजी

    April 16, 2019, 7:14 a.m.

    स्कुटीमा नै चढाएर नेपाली चेली पारी पुग्छन, अनि दिल्लि मुम्बई दुबई हुँदै सिरिया इराक पुग्छन। समात्न सक्दैनन। सायद सेटिंगमा मोलतोल नमिलेर पक्राए बजियालाई।

  •  0 Reply

तपाईको प्रतिक्रिया