वाटफोर्डलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

 बैशाख ३, २०७६ मंगलबार ७:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा आर्सनलले वाटफोर्डलाई एक शून्यले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । 

सोमबार राति भएको खेलमा १० खेलाडीमा झरेको वाटफोर्डविरुद्ध जित निकाल्ने क्रममा आर्सनलका लागि इमीरी पियरेको एकमात्र गोल निर्णायक बन्यो ।

वाटफोर्डको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा नै पिएरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेट पछि नै वाटफोर्ड १० खेलाडीमा झर्न पुग्यो ।

वाटफोर्डका डीने रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर त्यसपछि आर्सनलले विपक्षी १० खेलाडीमा झरेको फाइदा लिन सकेन । तर पनि पिएरेको एकमात्र गोल निर्णायक बन्यो ।

जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंककासाथ लिगको चौथो स्थानमा पुगेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया