राप्ती यातायात चढेकाे टिकटले काठमाण्डाैकाे मेट्राे अस्पतालमा उपचारमा छुट पाइने

 बैशाख ३, २०७६ मंगलबार १४:५६:३५ | हेमराज शर्मा
unn.prixa.net

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिबाट कुनै पनि रुटहरुमा यात्रा गर्दा लिएको टिकटले उपचारमा छुट पाइने व्यवस्था गरिएको छ ।

समितिको टिकट काटेर यात्रा गरेमा यात्रुहरुलाई काठमाण्डौमा रहेको मेट्रो हस्पिटलमा उपचार गराउँदा दश प्रतिशत छुट पाइने व्यवस्था गरिएको हो ।

समितिका अध्यक्ष सुरेश हमाल र मेट्रो हस्पिटलका सञ्चालक प्रकाश वलीबीच भएको सहमतिअनुसार ओटी, अप्रेसन, आईसियूलगायतका हस्पिटललले दिने सबै सेवाहरुमा बिरामीलाई एक पटकमा दश प्रतिशतसम्म छुट दिइने हस्पिटलका सञ्चालक वलीले जानकारी दिनुभयो ।

पहिलो चरणमा बिरामीहरुलाई केही राहत महसुस गराउन राप्ती समिति र हस्पिटलबीचमा एक वर्षका लागि सम्झौतामा पत्रमा हस्ताक्षर  गरिएको समितिका प्रशासनिक सचिन नारायण न्यौपानेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया