विचारका आधारमा साहित्यकारलाई गिरफ्तार नगर्न आग्रह

 बैशाख ३, २०७६ मंगलबार १६:२७:७ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रगतिशील लेखक सङ्घले विचारकै आधारमा साहित्यकार तथा कलाकारलाई राज्यले गिरफ्तार गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य नगर्न आग्रह गरेको छ ।

'हामी कुनै पनि प्रगतिशील स्रष्टालाई राज्य तहबाट हुने कुनै पनि तहको दमनकारी क्रियाकलापका विरुद्ध आवाज उठाउनु नैतिक दायित्व ठान्दछौँ', प्रलेसका अध्यक्ष डाक्टर जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहद्वरा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'गिरफ्तार लेखक साहित्यकार एवं कविकलाकारको यथाशीघ्र रिहाइका लागि अपिल गर्दछौँ ।' पछिल्लो समयमा रसुवाली कविलाई सरकारले गिरफ्तार गरेको थियो ।

सङ्घले प्रस्तावित नागरिकता ऐन संंशोधन विधेयक २०७५का सम्बन्धमा निर्णय लिँदा जनमानसमा भइरहेको आलोचना र टीका टिप्पणीप्रति गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया