संघीयता टिकाउन सरकारलाई समर्थन : स्वास्थ्य राज्यमन्त्री यादव

 बैशाख ३, २०७६ मंगलबार १८:२६:९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – संघीयता टिकाउनको लागि आफ्नो पार्टी सरकारमा रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा‍‍. सुरेन्द्र यादवले बताउनुभयाे ।

मंगलबार महोत्तरीको गौशालामा संघीय समाजवादी फोरम नेपालको नगरस्तरीय पार्टी कार्यालय उदघाटन तथा प्रथम नगरअधिवेशनलाई प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै राज्यमन्त्री यादवले सो कुरा बताउनुभएकाे हाे ।

संविधान संशोधन ठूलो कुरा नभइ संविधानमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्नु नै मुख्य कुरा रहेकोले आफ्नो पार्टी सरकारलाई समर्थन गरी संघीयता बचाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मन्त्री यादवले बतारउनुभयाे ।

संघीयता कायम गरिएको अवस्थामा केन्द्र सरकारले शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण कार्यालय आफ्नो मातहतमा राखिएकोले स्थानीय तहलाई कार्यसम्पादन गर्नका लागि मुश्किल भएको राज्यमन्त्री यादवले बताउनुभएकाे छ ।

एक अर्को प्रशंगमा राज्यमन्त्री यादवले स्वास्थ्य बीमालाई सार्थकता प्रदान गर्नका लागि स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्न सरकार लागि परेको बताउनुभयाे । महोत्तरीमा ६३ स्वास्थ्य केन्द्र र ९ वटा अस्पताल स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयाे ।

गौशाला पार्टी प्यालेसमा जारी पार्टीको नगरअधिवेशनका बीच जिल्ला अध्यक्ष रामनरेश राय यादव, केन्द्रिय सदस्य रामदरेश यादव, राजनारायण यादव, लक्ष्मी महतो, विनाद महतो लगायतका नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए । 

अन्तिम अपडेट: चैत २३, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया