शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
बाँके - नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब नेपालगञ्जमा जारी राष्ट्रिय खेलकुद प्रतियाेगिताअन्तर्गत पुरुष हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई र आर्मीले प्रदेश नम्बर ५ लाई पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
पुलिस र सुदूरपश्चिम प्रदेशको बिहान भएको खेल निर्धारित समयमा १–१ गोल भएपछि भएको पेनाल्टीमा समेत ४–४ गोल भएको थियो । त्यसपछि भएको सडनडेथमा पुलिसले ५–४ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
मंगलप्रसाद माविको खेल मैदानमा भएको दोश्रो खेलमा आर्मीले पेनाल्टी सुटआउटमा पराजित गरेको हो । प्रदेश ५ र आर्मीबीच निर्धारित समयमा १/१ गोल भएको थियो । पेनाल्टीमा आर्मीले ४–२ गोल अन्तरले पराजित गरेको हो । फाइनल खेल बुधबार दिउँसो हुनेछ ।