भारतमा प्लेस्टोरबाटै टिकटक गायब !

 बैशाख ४, २०७६ बुधबार ११:२८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा गुगलको प्लेस्टोर र एपस्टाेरबाट एभिडियो एप्स ‘टिकटक’ हटाइएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोर बाट अब टिकटक डाउनलोड उपलब्ध हुने छैन ।

गएको सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो । तर मद्रासको उच्च अदालतले गरेको सुनुवाईमाथि सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्न जरुरी नरहेको ठहर गरेपछि भारतमा टिकटक माथि प्रतिबन्ध लगाइएको हो । 

यसअघि मद्रासको उच्च अदालतले चीनको भिडियो मोबाइल एप प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई भनेको थियो । यो एपले युवाहरुको भविष्य र बालबच्चाको दिमागमा नकारात्मक असर पारेको अदालतको ठहर छ ।   
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया