विश्वकप क्रिकेट–२०१९ का लागि यस्तो छ इंग्लिस टिम

 बैशाख ४, २०७६ बुधबार १६:४७:३२ | एजेन्सी
unn.prixa.net

घरेलु मैदानमा हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि इंग्ल्याण्डकाे टोली घोषणा गरिएको छ ।

इंग्ल्याण्डकाे टोलीमा  हाल राजस्थान रोयल्सबाट आईपीएल खेलिरहेका बलर जोफ्रा आर्चरलाई समावेश गरिएको छैन ।

इयोन मोर्गनको कप्तानीमा सार्वजनिक गरिएको टिममा मोइन अली, जोनी बेयरिस्टो, जोस बटलर, टम कुरान, जोय डेन्ली, एलेक्स हेल्स, लियाम प्लंकेट, आदिल रासिद, जोय रुट, जसोन रोय, बेन स्टोक, डेभिड वेली, क्रिस वक्स र मार्क उड रहेका छन । 

यसअघि वेष्ट इन्डिजविरुद्धको सिरिजमा वेली टिममा रहे पनि उनले खेलेका थिएनन् । तर पनि उनीमाथि बोर्डले भरोसा गर्दै टिममा राखेको छ । यस्तै जोय डेन्लीलाई पनि बोर्डले भरोसा गरेर टिममा राखेको छ ।

आदिल रासिद जो पछिल्लो पटक राष्ट्रिय टिममा एकमात्र लेग स्पिनर रहेका छन् उनलाई पनि मौका दिइएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया