पाल्पामा गाउँपालिका भवनमा बम विस्फोट

 बैशाख ५, २०७६ बिहिबार ७:४२:४५ | देव पचभैया
unn.prixa.net

पाल्पा – रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ । बिहीबार बिहान करिब २ बजे तिर भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो । 

कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष जिसीले बताउनुभयो । 

कार्यालयमा टायर बम विस्फोट भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । 

बम विस्फोटपछि स्थानीय त्रसित बनेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया