भारतमा लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान सुरु

 बैशाख ५, २०७६ बिहिबार ८:५५:२७ | एजेन्सी
unn.prixa.net

भारतमा लोकसभा चुनाव अन्तर्गत बिहीबार दोस्रो चरणको मतदान सुरु भएको छ ।

बिहीबार असाम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालसहित १२ राज्य तथा एउटा केन्द्र शासित प्रदेशका ९६ लोकसभा सिटका लागि मतदान भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।

तमिलनाडुको वेल्लोर सिटमा बिहीबार मतदान हुने तय भएको मतदान निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपतिले रोकेका छन् । डीएमके पार्टीका नेताको साथबाट ठूलो मात्रामा नगद बरामद भएपछि मतदान रोकिएको हो । 

पहिलो चरणमा ९१ सिटका लागि मतदान भएको थियो । ५ सय ४३ लोकसभा सिटमा मतदान सम्पन्न भएपछि आउँदो मे २३ मा एकसाथ मतगणना हुनेछ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया