महोत्सवको आकर्षणमा बोयर बोका (फोटो फिचर)

 बैशाख ६, २०७६ शुक्रबार १३:३१:१२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– गएको चैत ३० गते शनिबारदेखि ओखलढुंगा सदरमुकाममा प्रथम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव चलिरहेको छ । वैशाख १० गतेसम्म चल्ने महोत्सवमा १ सय ५० स्टलमा स्थानीय उत्पादन बिक्रीका लागि राखिएका छन् । 

महोत्सवमा हरेक दिन आठदेखि १० हजारले अवलोकन गर्ने गरेको आयोजक संस्था उद्योग वाणिज्य संघका कार्यकारी सचिव नवराज दाहालले बताउनुभयो । महोत्सवमा सस्तोमा किनमेल, पिङ, रेल चढ्ने, भित्तामा मोटरसाइकल कुदाउनेलगायतका मनोरञ्जनात्मक गतिविधि भइरहेका छन् । तर, अधिकांशको आकर्षण भने महोत्सव स्थलमा राखिएका दुई ओटा ‘बोयर बोका’ रहेका छन् । 

खिजीदेम्बा गाउँपालिका–७  रावादोलुका किसान मानबहादुर खड्काले पाल्नुभएको बोयर बोका महोत्सवको मुख्य आकर्षण बनेको छ । १ सय ५० केजी र १ सय ३० केजी तौलका बोका महोत्सव अवधिभर प्रर्दशनमा राखिने छ । हरेक व्यक्तिले आएर बोकाबारे जानकारी लिने गरेको खड्काले बताउनुभयो ।

बाख्रा पालनबारे अगुवा किसान खड्काले महोत्सवमा आउने किसानहरुलाई जानकारी गराउँदै आउनुभएको छ । उहाँले भन्नुभयो– ‘मैले किसान साथीहरुलाई बाख्रा पालन र बोयरका बारेमा बताउने गरेको छु ।’

सदरमुकाम ओखलढुंगामा पहिलोपटक आयोजना गरिएको महोत्सवमा दैनिक ५० लाखदेखि एक करोडसम्म कारोबार हुने गरेको आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया