आलोक नाथलाई फिल्ममा राखेको कुरामा आलोचना भएपछि अजय देवगनकाे यस्ताे स्पष्टीकरण

 बैशाख ६, २०७६ शुक्रबार १४:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता अजय देवगनले हालै उनको फिल्म ‘दे दे प्यार दे’ मा आलोक नाथलाई राखेको भन्दै आलोचनाको सामना गर्नुपरेको थियाे ।

अभिनेत्री तनुश्री दत्ता तथा कंगना रनावतकी दिदी रंगोली चन्देलले त  झन सार्वजनिक रुपमै अजयलाई विभिन्न आरोप लगाउँदै गाली पनि गरिसकेका छन् । यस्तै आलोक नाथलाई बलात्कारको आरोप लगाएकी विनता नन्दाले पनि अजयले आलोक नाथलाई काम दिनु भनेको निकै दुख लाग्दो कुरा रहेको भन्दै दुख व्यक्त गरिसकेकी छिन् । 

अहिले अजय देवगनले यस विषयमा आफ्नो तर्क राखेका छन् । अजयले यस विषयमा भनेका छन्, ‘जब मीटू अभियान सुरु भएको थियो त्यस बेलादेखि नै म मेरा यस उद्योगका साथीहरुसँग काम गर्ने ठाउँमा हरेक महिलाले सुरक्षित महसुस गर्नुपर्छ भन्न् कुराको समर्थनमा थिएँ । म महिलाहरुमाथि हुने दुर्व्यवहारलाई कहिल्यै सहने छैन । र अहिले पनि म यही कुरामा अडिग छु ।’ 

उनले अगाडि भने, ‘अब बाँकी रह्यो मेरो फिल्म ‘दे दे प्यार दे’ मा आलोक नाथले काम गरेको कुरा, म यस विषयलाई पनि स्पष्ट गराउन चाहन्छु कि यो फिल्म २०१८ को अक्टुबर महिनामै रिलिज हुने क्रममा थियो । यस फिल्मको छायाँकन गएकाे सेप्टेम्बरमै सकिइसकेको थियो । आलोक नाथको दृश्य अगष्टमै मनालीमा छायाँकन भइसकेको थियो । उनी भएको दृश्य ४० दिनको शेड्युलमा १० जना कलाकारहरुका साथ शूट गरिसकिएको थियो । उनीमाथि आरोपहरु २०१८ को अक्टाेबरमा सार्वजनिक भएका थिए ।’

त्यस बेलासम्म फिल्मका बाँकी कलाकार र म अरु फिल्मको काममा व्यस्त भइसकेका थियौं । त्यसपछि फेरि ती बाँकी कलाकरहरुलाई एकठाउँमा जम्मा गरेर शुट गर्न, आलोक नाथलाई हटाएर उनको स्थानमा अर्को कलाकर खोजेर शुट गर्न असम्भव नै थियो । त्यसो गर्दा निर्माताहरुको पैसा बर्बाद हुन्थ्यो । सबैलाई थाहा भएकै कुरा हो कि फिल्म बनाउनु भनेको एकअर्कासँग मिलेर पूरा गर्ने कला हो ।’ 

अजयले स्पष्ट पार्दै अगाडि  भने, ‘आलाेक नाथलाई रिप्लेस गर्नु म एक्लैको निर्णय कसरी हुन सक्थ्यो र? म त्यही निर्णय लिन्थेँ जुन सारा टिमले लिएको थियो । म एक्लै पनि म त्यो चाहन्न थिएँ किनकि ति १० जना कलाकारलाई फेरि जम्मा गरेर एकठाउँमा ल्यानु मेरो वशको कुरा थिएन । ती १० जना कलाकारलाई जम्मा गरेर ४० दिनसम्म शूट गर्दा २ गुणा बढी खर्च हुन्थ्याे । तसर्थ म त्यो निणर्य लिन सक्दैनथेँ । त्यो फिल्म निर्माता र निर्देशकको निर्णय थियो ।’ 

अजय देवगन, रकुल प्रित सिंह, तब्बुको मुख्य अभिनय रहको फिल्म ‘दे दे प्यार दे’ २०१९ मे १७ मा रिलिज हुदैछ । यस फिल्मको निर्माण लभ रञ्जन र भुषण कुमारले गरेका हुन् भने यसमा अकीव अलीको निर्देशन रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया