भारतीय कांग्रेस नेता पटेललाई थप्पड हान्ने व्यक्ति अस्पताल भर्ना

 बैशाख ६, २०७६ शुक्रबार १८:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबार भारतीय कांग्रेस नेता हार्दिक पटेल गुजरातको सुरेन्द्रनगरमा जनसभालाई सम्बोधन गरिरहेका थिए । त्यसबेला एक व्यक्तिले स्टेजमा चढेर हार्दिक पटेललाई थप्पड हानेका छन् । हार्दिकलाई थप्पड हानेलगत्तै उनका समर्थकले ती व्यक्तिलाई पनि घाइते हुनेगरी पिटेका छन् । कुटाइबाट घाइते भएका उनलाई अस्पताल लगिएको छ । 

नेता पटेललाई थप्पड हान्ने व्यक्तिको नाम तरुण गज्जर हो । तरुणले स्थानीय समाचार संस्था एएनलाईलाई भने, ‘जब नेता पटेल पाटीदार आन्दोलन गरिरहेका थिए तब मेरी पत्नी गर्भवती थिइन् । उनलाई उपचारकाे आवश्यकता थियो तर पाटीदार आन्दोलनका कारण मैले समस्या भोग्नुपर्यो । त्यही नै बेला नेता पटेललाई पाठ पढाउन थप्पड हान्ने फैसला गरेको थिएँ ।’

उनी भन्छन्, 'यो पहिलो पटक मात्र नभै जब म बालबालिकाको लागि औषधि लिन गएका थिए, त्यसबेला पनि पाटीदार आन्दोलनका कारण औषधि पसल बन्द थियो । हार्दिकलाई जब मन लाग्यो तब गुजरात बन्द हुन्छ, उनी को हुन्, गुजरातको हिटलर ।' 

यसअघि पनि गएको बिहीबार जुत्ता काण्ड पनि सार्वजनिक भएको थियो । एक व्यक्तिले भारतीय जनता पार्टीको मुख्यालभित्र पसेर भाजपा नेता जीबीएल नरसिंहामाथि जुत्ता फ्याँकेका थिए । जुत्ता फ्याँक्ने ती व्यक्तिको नाम शक्ति भार्गव हो ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया